काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म १ हजार ४५६ जनाले ज्यान गुमाएका छन् ।
जिल्लागत विवरण अनुसार रसुवामा २३६, नुवाकोटमा २०४, धादिङमा ७३, चितवनमा ३६९, गोरखामा ८०, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ तथा नवलपरासी पश्चिममा २२२ जनाको शव प्राप्त भएको छ । बाढीबाट उद्धार गरिएकामध्ये २ जनाको काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो ।
फेला परेका शवको पहिचानका लागि डिएनए परीक्षणका प्रक्रिया पूरा गर्दै १ हजार ३३४ वटा शव सुरक्षित तरिकाले माटोमुनि व्यवस्थापन गरिसकिएको छ । पहिचान सहज बनाउन मृतकका १ हजार ३३० र आफन्तका २ हजार ७६ गरी कुल ३ हजार ४०६ वटा डिएनए नमुना संकलन गरिएको छ ।
यसैगरी पहिचान नखुलिएका १ हजार ४३० वटा शवको हुलिया तथा विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा सार्वजनिक गरिएको छ ।

