Khaptad Organic Nepal

काठमाडौँ । रसुवाको भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीको स्थलगत अध्ययन तथा समीक्षाका लागि राष्ट्रियसभाले नौ सदस्यीय विशेष समिति गठन गरेको छ ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा नियमावली २०७५ को नियम १६७ बमोजिम उक्त समिति गठन गरिएको जानकारी दिनुभयो ।

यसअघि विपक्षी दलहरूले दुवै सदनको संयुक्त विशेष समिति बनाउनुपर्ने अडान राखेका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमति नजनाएपछि सुरुमा प्रतिनिधिसभाले मात्रै छुट्टै समिति बनाएको थियो । त्यसपछि राष्ट्रियसभाले पनि आफ्नै नयाँ समिति तयार पारेको हो ।

गठित समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पुजा चौधरी र तुलप्रसाद विश्वकर्मा हुनुहुन्छ । समितिको एक सदस्य भने पछि थप गरिने जनाइएको छ ।

यस समितिलाई आगामी पुस मसान्तसम्मको कार्यसमयावधि दिइएको छ । आवश्यकताअनुसार प्रतिनिधिसभाले गठन गरेको समितिसँग समन्वय गरेर काम गर्न सक्ने अधिकार पनि समितिलाई प्रदान गरिएको छ । समितिले विपद् पूर्वतयारी, जनधनको क्षति, प्रभावितको खोजी तथा उद्धार, राहत वितरण, क्षतिपूर्ति, घाइतेको उपचार र पुनर्स्थापना जस्ता विषयमा विस्तृत अध्ययन गरी प्रतिवेदन बुझाउनेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।