काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समसामयिक एजेन्डा र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज सचिवालय बैठक आह्वान गरेको छ ।
वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
पार्टीका प्रवक्ता जगदीश खरेलका अनुसार सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने सो बैठकमा देशको वर्तमान राजनीतिक परिस्थिति तथा पार्टीका आन्तरिक विषयहरूमा गहन छलफल हुनेछ ।

