Khaptad Organic Nepal

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत मंगलबार सम्पन्न खेलमा नेपालले घरेलु टोली ओमानमाथि ११३ रनको उत्कृष्ट जित हासिल गरेको छ । अल अमेरात क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले प्रस्तुत गरेको २६४ रनको लक्ष्य पछ्याएको ओमान १५० रनमै समेटियो ।

नेपालले दिएको चुनौतीपूर्ण लक्ष्य पछ्याउने क्रममा ओमान ४० ओभरमै अलआउट हुन पुग्यो । ओमानको इनिङ्सलाई ध्वस्त पार्न नेपाली बलर नन्दन यादव र सन्दीप लामिछानेले ३-३ विकेट चटकाए भने दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १-१ विकेट हात पारे । ओमानका तर्फबाट कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६३ रनको बलियो योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । यस्तै अर्जुन कुमाल र करण केसीले समान ४०-४० रन जोडे भने बशीर अहमद र ईशान पाण्डेले ३७-३७ रन तथा दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान दिए । ओमानका बलर शाह फैजल, शकील अहमद र करण सोनावालेले २-२ विकेट तथा हसनैन शाहले १ विकेट लिएका थिए ।

यो सानदार जितसँगै नेपालको ३४ खेलबाट २८ अंक पुगेको छ र लिग-२ को तालिकामा छैटौं स्थानमा यथावत छ । नेपालले अब आफ्नो आगामी खेल अक्टोबर १७ मा क्यानडा र अक्टोबर १९ मा पुनः ओमानसँग खेल्नेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।