Khaptad Organic Nepal

काठमाडौँ । बडादसैँको प्रमुख आकर्षणका रूपमा रहेको फूलपाती पर्व आज घरघरमा नवपत्रिका भित्र्याएर हर्षोल्लासका साथ मनाइँदैछ ।

घटस्थापनादेखि सुरु भएको नवरात्रको सातौँ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा वैदिक विधिपूर्वक नवदुर्गाका नौवटा प्रतीकस्वरूप धार्मिक वनस्पतिलाई पूजा कोठा वा दसैँघरमा प्रवेश गराइने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोक र मानवृक्ष गरी नौ किसिमका वनस्पति (नवपत्रिका) लाई विभिन्न देवीको स्वरूप मानी भित्र्याउने गरिन्छ । फूलपाती भित्र्याउन कुनै विशेष साइतको आवश्यकता नपरे पनि हनुमानढोकास्थित दसैँघरका लागि गोरखाबाट ल्याइएको फूलपाती जमलबाट बाजागाजा, पञ्चेबाजा, गुर्जुको पल्टन र सांस्कृतिक झाँकीसहित दरबार पुर्‍याउने परम्परा कायम छ ।

फूलपातीको दिनदेखि सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा सुरु हुने भएकाले राजधानीलगायत सहरी क्षेत्रबाट मानिसहरू घर फर्कने क्रम तीव्र बनेको छ । गाउँघरतिर लिङ्गे तथा रोटे पिङ हालेर दसैँको रौनकता अझ बढेको छ ।

यसैबिच समितिले आगामी कार्तिक ३ गते विजयादशमीका दिन देवी विसर्जन बिहान ८: ४८ बजे र टीकाको शुभ साइत बिहान १०: २६ बजेका लागि तोकेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।