Khaptad Organic Nepal

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनका लागि पार्टीले ‘निर्वाचन ब्युरो’ गठन गरी पारदर्शी ढंगले उम्मेदवार चयन गर्ने बताएका छन् ।

पार्टीको १५औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति थापाले केन्द्रीय कार्यालयअन्तर्गत बन्ने ब्युरोमार्फत नै उम्मेदवारको योग्यता र मापदण्ड तय गरिने जानकारी गराएका हुन् ।

अब कांग्रेसको तर्फबाट कुनै पनि तहको उम्मेदवार बन्नका लागि पार्टीको ‘लिडरसिप एकेडेमी’बाट अनिवार्य रूपमा तोकिएको कोर्स पूरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागिएको उनले स्पष्ट पारे । आगामी स्थानीय तहको निर्वाचनमा कुल ७५३ पालिकामध्ये कम्तीमा १०० वटा पालिकामा महिलालाई मेयर वा अध्यक्षको उम्मेदवार बनाउने रणनीति लिइएको उनले उल्लेख गरे । टिकट वितरणमा नातावाद, चाप्लुसी र आर्थिक लेनदेनको परिपाटी पूर्ण रूपमा अन्त्य गर्दै निश्चित प्रक्रिया र मापदण्ड पूरा गर्ने निष्ठावान् कार्यकर्ताले मात्रै अवसर पाउने उनको दाबी छ ।

प्रतिवेदन प्रस्तुत गर्ने क्रममा सभापति थापाले राज्य आफ्ना नागरिकप्रति संवेदनशील र करुणामय हुनुपर्नेमा जोड दिए । सुकुम्बासी बस्ती व्यवस्थापन गर्दा नागरिकको वास्तविक अवस्था र आवश्यकतालाई ध्यान दिनुपर्ने भन्दै उनले सरकारले उनीहरूको दुःख र समस्यालाई आत्मसात् गर्नुपर्ने बताए । साथै, नेपालको सांस्कृतिक पहिचान र चाडपर्वसँग राज्यको सम्बन्ध तथा बजार, निजी क्षेत्र र सरकारको भूमिकाबारे पनि राजनीतिक प्रतिवेदनमा चर्चा गरिएको छ ।

महाधिवेशनको बन्दसत्रमा सभापति थापाको राजनीतिक प्रतिवेदनका साथै महामन्त्री प्रदीप पौडेलद्वारा प्रस्तुत विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल जारी छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।