Khaptad Organic Nepal

काठमाडौँ । देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको समेत प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका सबै क्षेत्रका साथै कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली भएको छ । त्यस्तै मधेश प्रदेशसहित कोशी र सुदूरपश्चिमका तराई भू-भागमा आंशिक बदली रहेको छ । गण्डकी र लुम्बिनीका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिमका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ र असिनासहित हल्का वर्षा वा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ । तराईतर्फ मधेश, कोशी, बागमती र गण्डकीका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बागमती र गण्डकीका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ ।

आज राति कोशी प्रदेशका सबै क्षेत्र तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बदली रहनेछ । कोशी र मधेशका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने देशका अन्य पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।