काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ भने आज दिनभर देशका केही उच्च तथा पहाडी भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्नेछ ।
त्यस्तै, राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहँदा तराईका केही क्षेत्रमा बिहानपख हुस्सु तथा कुहिरो लाग्नेछ ।

