Khaptad Organic Nepal

काठमाडौँ । सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक (केवाईसी) गर्नका लागि राष्ट्रिय परिचयपत्रलाई मात्र अनिवार्य नबनाउन नेपाल राष्ट्र बैंकका नाममा आदेश दिएको छ ।

नागरिकता वा अन्य कानुनी पहिचान खुल्ने कागजातका आधारमा पनि नियमित बैंकिङ सेवा उपलब्ध गराउन अदालतले स्पष्ट पारेको छ ।

न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले राष्ट्र बैंकले ल्याएको ‘एकीकृत निर्देशन, २०८२’ को उक्त प्रावधान बदर गरिदिएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्न वा अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरलाई मात्र पहिचानको आधार बनाएको थियो ।

उक्त व्यवस्थाले सर्वसाधारणलाई आधारभूत बैंकिङ सेवाबाट वञ्चित गराउने र संविधानप्रदत्त अधिकारमा बाधा पुर्‍याउने ठहर गर्दै अधिवक्ता सरिता अधिकारीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

देशभर राष्ट्रिय परिचयपत्रको पूर्ण पूर्वाधार नबनिसकेको अवस्थामा अदालतको यस निर्णयले वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा दुर्गम क्षेत्रका नागरिकहरूलाई नागरिकताकै आधारमा सहज रूपमा बैंकिङ सेवा लिन बाटो खुला गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।