Khaptad Organic Nepal

सिमरा । बाराको सिमरामा उच्च शिक्षाको सुधार तथा राष्ट्रिय योग्यता प्रारूपसम्बन्धी दुईदिने उच्चस्तरीय संवाद कार्यक्रम सुरु भएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालय र युनेस्को नेपालको संयुक्त आयोजनामा सञ्चालित यस कार्यक्रममा सङ्घीय सांसद, प्रदेश सरकारका प्रतिनिधि, विश्वविद्यालयका पदाधिकारी, नीति निर्माता, नागरिक समाज तथा शिक्षाविद्हरूको सहभागिता छ ।

कार्यक्रमको पहिलो सत्रमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा खड्गबहादुर केसीले मधेश प्रदेशको उच्च शिक्षाको समग्र स्थिति, सम्भावना र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका छन् । दुई दिनसम्म चल्ने यो संवादमा मधेश प्रदेशका जिल्लागत सम्भाव्यता, सुधारका रणनीति र उच्च शिक्षामा विश्वविद्यालयहरूको भूमिका विषयमा समूहगत छलफल हुने जनाइएको छ ।

राष्ट्रिय योग्यता प्रारूपअन्तर्गत औपचारिक, अनौपचारिक तथा परम्परागत सीपमार्फत प्राप्त ज्ञानलाई प्रमाणीकरण र एकीकृत गर्ने नीतिगत प्रयासलाई विशेष प्राथमिकता दिइएको छ । यसैक्रममा शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीले वैकल्पिक तथा परम्परागत माध्यमबाट सीप हासिल गरेका व्यक्तिहरूलाई समेत राष्ट्रिय योग्यता प्रणालीमा समेट्ने र क्रेडिट ट्रान्सफर प्रणालीलाई सहज बनाउने लक्ष्य राखिएको जानकारी दिए ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।