Khaptad Organic Nepal

काठमाडौँ । मुलुकभरका भूमिहीन तथा सुकुम्बासी समस्यालाई आगामी १ हजार दिनभित्र स्थायी रूपमा समाधान गर्ने गरी रणनीति अघि बढाइएको छ ।

अहिलेसम्म विभिन्न जिल्लाका ५ हजार ७३७ स्वबासी, भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा प्राप्त गरिसकेका छन् । यो कार्यलाई अभियानका रूपमा देशभर विस्तार गर्ने योजना छ । गठित समितिमार्फत एकीकृत तथ्यांक संकलन भइरहेको छ र हालसम्म प्रणालीमा प्रविष्ट भएका १३ लाख ११ हजार १९७ निवेदनको अध्ययन तथा प्रमाणीकरण तीव्र पारिएको छ ।

विसं २०१५ को निर्वाचनयता निरन्तर उठ्दै आएको यो मुद्दामा आयोग र कार्यविधि बने पनि ठोस परिणाम आउन सकेको थिएन । २०७७ सालयता मात्रै विभिन्न संरचनामा २ अर्ब रुपैयाँभन्दा बढी बजेट खर्च भइसकेकाले पुरानो कार्यशैली बदलेर छरितो र पारदर्शी प्रणाली लागू गरिएको छ ।

नयाँ व्यवस्था अनुसार राजनीतिक भागबन्डाभन्दा विषयविज्ञता र स्थानीय तहसँगको समन्वयलाई प्राथमिकता दिइएको छ । सार्वजनिक र जोखिमयुक्त क्षेत्रका बसोबासीलाई सुरक्षित स्थानमा सारिनेछ भने काठमाडौँ उपत्यकाबाट विस्थापित हुनेहरूको हकमा उनीहरूको स्थायी वतन रहेको जिल्लामै व्यवस्थापन गरिनेछ । झुटा विवरण दिनेमाथि कानुनी कारबाही अघि बढाउँदै भूमि र वन सम्बन्धी ऐनमा सुधार गरेर प्रक्रियागत जटिलता फुकाइनेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।