Khaptad Organic Nepal

काठमाडौँ । उपत्यकाको बढ्दो ट्राफिक जामका बिच आकस्मिक बिरामीलाई समयमै प्राथमिक उपचार पुर्‍याउने लक्ष्यका साथ काठमाडौँ महानगरपालिकाले बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

काठमाडौँ प्लाजामा आयोजित एक कार्यक्रमबिच महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त बाइक एम्बुलेन्स नेपाल एम्बुलेन्स सेवालाई हस्तान्तरण गर्दै सेवाको औपचारिक सुरुवात गरिन् । चारपाङ्ग्रे एम्बुलेन्स जाममा अल्झिँदा बिरामीले समयमै उपचार नपाउने समस्यालाई सम्बोधन गर्न यो वैकल्पिक व्यवस्था गरिएको उनले जानकारी दिइन् ।

‘सामान्यतया एम्बुलेन्स भनेपछि बिरामीलाई अस्पताल ओसार्ने साधनका रूपमा हेरिन्छ । तर , हाम्रो मुख्य उद्देश्य जोखिममा परेका बिरामी भएकै ठाउँमा तालिमप्राप्त स्वास्थ्यकर्मी छिटोभन्दा छिटो पुर्‍याउनु हो ,’ कार्यवाहक प्रमुख डंगोलले भनिन् । बिरामीको जीवन रक्षाका लागि सुरुवाती केही मिनेट (गोल्डेन आवर) अत्यन्तै संवेदनशील हुने भएकाले यो सेवा प्रभावकारी हुने अपेक्षा महानगरको छ ।

बाइक एम्बुलेन्समा खटिने दक्ष स्वास्थ्यकर्मीको टोलीले ठुलो एम्बुलेन्स घटनास्थल नपुगुञ्जेल बिरामीलाई आवश्यक प्राथमिक उपचार दिनेछ । बिरामीको स्वास्थ्य अवस्था थप जटिल बन्न नदिन तत्काल सेवा दिएपछि, चारपाङ्ग्रे एम्बुलेन्स आइपुगेपछि मात्र बिरामीलाई थप उपचारका लागि अस्पताल पठाउने गरी महानगरले यो प्रणाली तयार पारेको हो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।