Khaptad Organic Nepal

काठमाडौँ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक घटस्थापना गरी नवरात्रारम्भ गरिँदै छ ।

असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिनसम्म हर्षोल्लासका साथ मनाइने नेपालीको महान् पर्व दसैँको धार्मिक अनुष्ठान आजैका दिनदेखि सुरु हुन्छ ।

आज बिहानै चोखो स्थान वा नदीबाट ल्याइएको बालुवा तथा माटोमाथि दियो, कलश र गणेशको स्थापना गरी शक्तिकी देवी दुर्गाको आह्वान गर्ने परम्परा छ । गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा वा दसैँ घरमा जौ छरेर जमरा राख्ने काम आजै गरिन्छ । जौको अङ्कुर देवी दुर्गालाई अत्यन्त प्रिय मानिने भएकाले यसलाई समृद्धिको प्रतीकका रूपमा विजयादशमीका दिन टीकासँगै ग्रहण गर्ने गरिन्छ । धर्मशास्त्रविद्का अनुसार शास्त्रीय रूपमा जौ रोप्ने विधान भए पनि कुल परम्पराअनुसार कतिपय स्थानमा अन्य अन्न पनि मिसाउने गरिन्छ ।

यस वर्ष घटस्थापनाका लागि बिहान ११: ४७ बजेको शुभ साइत तोकिएको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार असोज ३१ गते फूलपाती, कार्तिक १ गते महाअष्टमी र कार्तिक ३ गते महानवमी तथा विजयादशमी मनाइनेछ । विजयादशमीका दिन बिहान ८: ४८ बजे देवी विसर्जन गरी १०: २६ बजे टीका ग्रहण गर्ने उत्तम साइत रहेको छ । कार्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन अखिलबलीपूर्ति गरेपछि यस वर्षको दसैँ समापन हुनेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।