Khaptad Organic Nepal

काठमाडौँ । ब्राजिलको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई पछि पार्दै पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लावियो बोल्सोनारो अग्रस्थानमा देखिएका छन् ।

सार्वजनिक नतिजा अनुसार कुनै पनि उम्मेदवारले ५० प्रतिशतको सीमा पार गर्न नसकेपछि आगामी अक्टोबर २५ मा दोस्रो चरणको निर्णायक मतदान हुने भएको छ । पहिलो चरणमा ४५ वर्षीय सिनेटर फ्लावियोले करिब ४७ प्रतिशत मत प्राप्त गर्दा ८० वर्षीय लुलाले करिब ४५ प्रतिशत मतमा चित्त बुझाउनुपरेको छ ।

पूर्वराष्ट्रपति जायर बोल्सोनारो सत्ता कब्जाको षड्यन्त्रसम्बन्धी मुद्दामा २७ वर्षको जेल सजाय पाएपछि चुनाव लड्न अयोग्य बनेका थिए । त्यसपछि बोल्सोनारो परिवारको राजनीतिक विरासत जोगाउने जिम्मेवारी पाएका फ्लावियो रियो दि जेनेरियोका प्रतिनिधि हुन् ।

अर्कोतर्फ, चौथो कार्यकालका लागि चुनावी मैदानमा उत्रिएका लुलाले गरिब लक्षित सामाजिक कल्याणकारी कार्यक्रमलाई जोड दिए पनि महँगी, उपभोग्य वस्तुको मूल्य वृद्धि र बढ्दो अपराधका कारण जनस्तरमा असन्तोष बढेको छ ।

संसदीय निर्वाचनमा समेत फ्लावियोको दल तल्लो सदनमा सबैभन्दा ठूलो शक्तिका रूपमा उदाएपछि ब्राजिलको आगामी राजनीतिक दिशालाई लिएर अमेरिका, चीन र ब्रिक्स राष्ट्रहरूले चासोका साथ हेरिरहेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।