चितवन । चक्रवात ‘अर्नब’को प्रभावले मुलुकका धेरैजसो भूभागमा वर्षा भइरहेकाले मुग्लिन-नारायणगढ राजमार्गमा पहिरोको सम्भावित खतरा बढेको छ ।
सडक डिभिजन भरतपुरले शुक्रबार बिहान ११:२५ बजे एक सूचना प्रकाशित गरी अत्यावश्यक काम नपरी उक्त सडकखण्डमा यात्रा नगर्न सम्पूर्ण सर्वसाधारणलाई आग्रह गरेको छ ।
हाल सो सडकखण्डमा यातायात सेवा सुचारु रहेको र बाटोको अवस्था सामान्य नै रहेको डिभिजनले स्पष्ट पारेको छ ।
यद्यपि, वर्षाका कारण सडक र आसपासका क्षेत्रमा पहिरो खस्ने जोखिम यथावत् रहेकाले यात्रा तय गर्नुअघि नजिकैको सुरक्षा निकायसँग सम्पर्क गरी बाटोको ताजा अवस्थाबारे जानकारी लिन चालक तथा यात्रुहरूलाई सुझाव दिइएको छ ।

