Khaptad Organic Nepal

काठमाडौँ । सरकारी निकायमा कार्यरत कर्मचारीहरूलाई आपत्कालीन स्वास्थ्य समस्याका बेला तत्काल प्राथमिक उपचार गर्न सक्षम बनाउने उद्देश्यले टेकुमा विशेष तालिम सञ्चालन गरिएको छ ।

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना बमोजिम विभिन्न मन्त्रालयका कर्मचारीका लागि ‘आधारभूत जीवन सहायता’ तालिम आयोजना गरेको हो ।

यस कार्यक्रमअन्तर्गत हृदयाघात वा अन्य अस्वाभाविक अवस्थामा बिरामीको श्वासप्रश्वास र मुटुको धडकन पुन: सञ्चालन गराउने (CPR) तरिका व्यावहारिक रूपमा सिकाइनेछ । यसका साथै, खानेकुरा वा अन्य कुनै वस्तु घाँटीमा अड्किँदा कसरी तत्काल उद्धार गर्ने र ज्यान जोगाउने भन्नेबारे पनि अभ्यास गराइनेछ ।

तालिममा सहभागी पठाउनका लागि स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत अन्य मन्त्रालयहरूलाई पूर्व पत्राचार गरिसकेको थियो । असोज २९ गतेसम्म कुल चार चरणमा सञ्चालन हुने यस तालिममा कार्यालय सहयोगी, व्यक्तिगत सुरक्षा अधिकृत (PSO) तथा राजपत्र अनङ्कित प्रथम र द्वितीय श्रेणीका कर्मचारीहरूको सहभागिता रहनेछ ।

प्रत्येक मन्त्रालयबाट हरेक चरणमा एक-एक जना प्रतिनिधि सहभागी हुने गरी मिलाइएको यो कार्यक्रम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकुमा दैनिक बिहान ९ बजेदेखि भइरहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।