Khaptad Organic Nepal

काठमाडौँ । विश्व खाद्य दिवसका अवसरमा खाद्य सुरक्षा र पोषणको चुनौतीबारे सरोकारवालाहरूले चासो व्यक्त गरेका छन् । ‘आजै नवप्रवर्तन गरौँ, भोलिको पोषण सुनिश्चित गरौँ’ भन्ने मूल नाराका साथ आज नेपालसहित विश्वभर ४६औं विश्व खाद्य दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा सन् १९८१ देखि हरेक वर्ष अक्टोबर १६ लाई विश्व खाद्य दिवसका रूपमा मनाउन थालिएको हो । राष्ट्रसङ्घीय तथ्याङ्क अनुसार हाल विश्वका झण्डै ७० करोड मानिस नियमित र पर्याप्त भोजनबाट वञ्चित छन् । नाइजेरिया, सुडान, कङ्गो, सिरिया, यमन, म्यानमार र अफगानिस्तान जस्ता मुलुकमा भोकमरीको असर झनै भयावह छ, जहाँ बालबालिका र गर्भवती महिला कुपोषणको उच्च जोखिममा छन् ।

नेपालमा पनि खाद्य सुरक्षाको स्थिति सहज छैन । विशेषगरी पहाडी तथा हिमाली भूभागमा वर्षैभरि खान पुग्ने अन्न उत्पादन हुँदैन । आयस्रोतको कमी, भूमिसम्बन्धी असन्तुलन र कृषिप्रतिको घट्दो निर्भरताले खाद्य संकट बढाएको छ । अर्कातिर, सहरी क्षेत्रमा बढ्दो जंकफुड र अपाच्य खानपानका कारण स्वास्थ्य समस्या चुलिँदै गएको छ । किसानलाई समयमै मल, उन्नत बीउ, सिँचाइ र उचित बजारको पहुँच नपुर्‍याएसम्म खाद्य आत्मनिर्भरता हासिल गर्न कठिन देखिन्छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।