काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाको रोजगारीका लागि बहुप्रतिक्षित कोरियन भाषा परीक्षा आजबाट औपचारिक रूपमा थालनी भएको छ ।
यस वर्षको परीक्षामा मुलुकभरबाट कुल ७६ हजार १७३ जना परीक्षार्थीहरू आफ्नो भविष्य निर्माणको प्रतिस्पर्धामा होमिएका छन् ।
यसपालिको परीक्षामा दुईवटा नयाँ क्षेत्रहरू थप गरिएसँगै प्रतिस्पर्धा क्षेत्र चार पुगेको छ, जसअन्तर्गत उत्पादनमूलक क्षेत्रमा ५३ हजार १०३, कृषि तथा पशुपालनमा २० हजार ९०७, वन क्षेत्रमा १ हजार १२४ र सेवा क्षेत्रतर्फ १ हजार ३९ जनाले आवेदन दिएका छन् ।
आज पहिलो दिन सेवा क्षेत्रका उम्मेदवारहरूको परीक्षाबाट सुरु भएको यो प्रक्रिया आगामी फेब्रुअरी महिनासम्म विभिन्न चरणमा सञ्चालन हुनेछ ।

