Khaptad Organic Nepal

काठमाडौँ । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह–२०२६ का अवसरमा बुधबार आयोजित एक कार्यक्रममा सरोकारवाला निकायबीचको समन्वय बिना एन्टिबायोटिकको दुरुपयोग रोक्न नसकिनेमा जोड दिइएको छ ।

औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण क्षेत्रको संयुक्त प्रयासबाट मात्र प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) को जोखिम कम गर्न सकिने स्पष्ट पार्नुभयो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट सुरु भई औषधि व्यवस्था विभागमा पुगेर समापन भएको प्रभातफेरी कार्यक्रममा बोल्दै महानिर्देशक भट्टराईले एन्टिबायोटिकको अनावश्यक, अत्यधिक तथा अपूरो प्रयोगले जनस्वास्थ्यमा गम्भीर चुनौती थपेको बताउनुभयो । औषधिको प्रभावकारिता जोगाइराख्न यसको बिक्री–वितरण र प्रयोगलाई कडाइका साथ नियमन गर्नुपर्ने उहाँको भनाइ थियो । विशेषगरी भविष्यका जटिल उपचारका लागि सुरक्षित राखिएका ‘रिजर्भ एन्टिबायोटिक’ को जथाभावी प्रयोग तत्काल रोकिनुपर्नेमा उहाँले ध्यानाकर्षण गराउनुभयो ।

प्रतिजैविक प्रतिरोधको समस्या मानिसमा मात्र सीमित नभई पशुपन्छी र वातावरणसँग समेत प्रत्यक्ष जोडिएको भट्टराईले उल्लेख गर्नुभयो । यस वर्ष ‘एक स्वास्थ्य, एक प्रयास : प्रतिजैविक प्रतिरोध रोकौँ’ भन्ने नाराका साथ सचेतना सप्ताह मनाइँदै छ ।

स्वास्थ्य मन्त्रालय, विभाग तथा पशु र वातावरण क्षेत्रका निकायबीचको सहकार्यसँगै आम नागरिकमा जनचेतना फैलाउन सके मात्र औषधिको जिम्मेवार प्रयोग सुनिश्चित भई यो समस्या समाधान हुने विश्वास गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।