Khaptad Organic Nepal

काठमाडौँ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटमा द्विपक्षीय सम्बन्धका विविध आयाम र प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीका विषयमा केन्द्रित रहेर छलफल भएको हो ।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालमा कार्यभार सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । सोही अवसरमा उनले रसुवा–भोटेकोशी बाढीका बेला भारत सरकारका तर्फबाट प्राप्त मानवीय तथा प्राविधिक सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

प्रधानमन्त्री शाहले आफ्नो आगामी भारत भ्रमणको व्यवस्थापकीय तथा कूटनीतिक तयारीबारे समेत चासो राखेका थिए । जवाफमा राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने आगामी भेटवार्ता द्विपक्षीय हितका दृष्टिकोणले ऐतिहासिक र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । भ्रमणका एजेन्डाहरू अन्तिम चरणमा पुगेको र नतिजामुखी बनाउन दुवै देशका सम्बन्धित निकायहरूबीच तीव्र गृहकार्य भइरहेको जानकारी दलेलाले दिएका छन् । छलफलमा दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै लैजाने विषयमा समेत विचार आदानप्रदान भएको थियो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।