काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई रोमाञ्चक प्रतिस्पर्धा हुँदैछन् ।
प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा अपराहन्न साढे १२ बजे विराटनगर किङ्स र जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन् । जारी लिगमा ३ खेल खेलेको विराटनगर १ जित र २ हारको नतिजासहित मैदान उत्रिँदै छ भने समान ३ खेलबाट २ जित र १ हार हात पारेको जनकपुर आफ्नो अग्रता बढाउने लक्ष्यमा छ ।
यसैगरी, साँझ ५ बजे सुरु हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् । २ खेलबाट १ जित दर्ता गरेको लुम्बिनीको १ खेल वर्षाका कारण रद्द भएपछि अङ्क बाँडेको थियो । उता सुरुवाती दुवै खेलमा पराजय भोगेको पोखरा भने आजको खेलमार्फत प्रतियोगितामा पहिलो जितको खोजीमा मैदान उत्रिनेछ ।

