काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले पदबहाली गरेलगत्तै आज विशेष सम्बोधन गर्दै हुनुहुन्छ ।
उहाँले सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत सम्बोधन गर्न लाग्नुभएको हो ।
सम्बोधनअघि सभापति थापाले प्रमुख पदाधिकारीहरूसँग आन्तरिक छलफल गर्ने कार्यक्रम रहेको छ ।
उक्त विशेष सम्बोधनका क्रममा उहाँले पार्टीको १५औँ महाधिवेशनपछिको पछिल्लो सांगठनिक अवस्था, नवनिर्वाचित केन्द्रीय कार्यसमितिको तात्कालिक कार्ययोजना तथा प्राथमिकताहरूका साथै देशको विद्यमान राजनीतिक र आर्थिक परिवेशमा नेपाली कांग्रेसको भूमिका र आधिकारिक दृष्टिकोण प्रस्ट पार्नुहुनेछ ।

