काठमाडौँ । पश्चिम नेपालमा प्रभाव पार्दै आएको न्यून चापीय प्रणालीको असर कमजोर भएसँगै अब देशभरको मौसम खुल्दै जाने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार माथिल्लो वायुमण्डलमा पश्चिमी प्रणालीको सामान्य प्रभाव बाँकी रहे पनि समग्रमा मौसममा सुधार आउने क्रम सुरु भएको छ ।
अहिले लुम्बिनी प्रदेशसहित देशका हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने अन्य स्थानमा मौसम सामान्यतया सफა वा आंशिक बदली रहेको छ ।
आज दिउँसो र राति देशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायम छ । यसैगरी, तराई क्षेत्र, उपत्यका र नदीखोँचहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो लाग्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

