Khaptad Organic Nepal

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार चयन प्रक्रिया तीव्रताका साथ अगाडि बढाएको छ ।

केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री एवं उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको अध्यक्षतामा बसेको बैठकले निर्वाचन तयारीलाई व्यवस्थित बनाउन सातवटा विषयगत उपसमितिहरू निर्माण गर्ने निर्णय गरेको हो ।

पार्टीले उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न नेताहरूलाई उपसमितिको जिम्मेवारी दिएको छ । जसअन्तर्गत उम्मेदवार क्लबको नेतृत्व कविन्द्र बुर्लाकोटीले गर्नेछन् भने प्रविधि उपसमितिको संयोजकमा सुशान्त वैदिक चयन भएका छन् । त्यस्तै, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागिता उपसमितिमा डा. तोसिमा कार्की र क्षमता विकास समन्वयमा टासी ल्हाजोमलाई जिम्मेवारी सुम्पिएको छ । व्यवस्थापन उपसमितिको संयोजकमा रहबर अन्सारी र प्रचारप्रसार उपसमितिको जिम्मेवारी मिलन लिम्बूलाई दिइएको छ ।

यसका साथै बैठकले महानगरपालिका र उपमहानगरपालिकाका वडाध्यक्ष एवं वडा सदस्य पदका लागि पार्टीका तर्फबाट चुनाव लड्न इच्छुक तथा योग्य व्यक्तिहरूका लागि ‘उम्मेदवार क्लब’ मार्फत आवेदन खुला गर्ने निर्णय पनि गरेको छ । उपसमितिहरूको सक्रियतामा समग्र छनोट प्रक्रियालाई थप प्रभावकारी र चुस्त बनाउने रास्वपाको तयारी छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।