काठमाडौँ । नेपाल र बेलायतबीचको द्विपक्षीय सम्बन्धका साथै आगामी विश्व जलवायु सम्मेलन (कोप–३१) का विषयमा छलफल गर्न बेलायती राजदूत रोब फेनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित भेटघाटमा दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भएको छ । भेटका क्रममा जलवायु वित्त (क्लाइमेट फाइनान्स), उत्थानशील आर्थिक विकास तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक सहयोग र परस्पर समन्वयबारे गहन विचार-विमर्श भएको मन्त्रालयले जानकारी दिएको छ ।

