काठमाडौँ । दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाउने सन्दर्भमा परराष्ट्र मन्त्रालयमा महत्त्वपूर्ण कूटनीतिक भेटवार्ता सम्पन्न भएको छ ।
परराष्ट्र मन्त्रालयमा आयोजित औपचारिक बैठकमा परराष्ट्र सचिव अमृतबहादुर राई र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच भेटवार्ता भएको हो । सो अवसरमा सचिव राईले भारतीय राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन गर्नुभएको थियो ।
भेटका क्रममा द्विपक्षीय हित, आपसी साझेदारी तथा नेपाल-भारत सम्बन्धका विविध आयामहरूका बारेमा गम्भीरतापूर्वक विचार विमर्श गरिएको थियो । दुवै पक्षबीच आगामी दिनमा सहकार्यका क्षेत्रहरूलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा समेत महत्त्वपूर्ण कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

