Khaptad Organic Nepal

काठमाडौँ । विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउँदै शैक्षिक सहकार्य विस्तार गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ‘कन्ट्री फोकल पर्सन’ नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ ।

विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रले हालै स्वीकृत त्रिविको अन्तर्राष्ट्रियकरणसम्बन्धी निर्देशिका अनुसार इच्छुक स्थायी प्राध्यापकहरूबाट आशयपत्र आह्वान गरेको हो । उपकुलपतिबाट नियुक्त हुने यो पद मानार्थ तथा स्वयंसेवी प्रकृतिको हुनेछ भने यसको कार्यकाल सुरुमा दुई वर्षको रहनेछ ।

नियुक्त हुने फोकल पर्सनले सम्बन्धित देशका विश्वविद्यालयसँग विगतमा भएका सम्झौताहरूलाई सक्रिय बनाउने, संयुक्त अनुसन्धान तथा विद्यार्थी र प्राध्यापक आदानप्रदानका कार्यक्रमलाई प्रवर्द्धन गर्ने मुख्य जिम्मेवारी पाउनेछन् । यसका साथै अनुसन्धानका लागि आवश्यक आर्थिक स्रोत जुटाउने र विदेशी विद्यार्थीहरूलाई त्रिविमा अध्ययनका लागि आकर्षित गर्न सहजीकरण गर्ने भूमिका पनि तोकिएको छ ।

इच्छुक स्थायी प्राध्यापकहरूले आगामी मंसिर १० गते (नोभेम्बर २५) भित्र अनलाइन गुगल फारममार्फत आवेदन दिन सक्नेछन् । आवेदनका साथमा आवेदकले आफ्नो अन्तर्राष्ट्रिय अनुभव, व्यक्तिगत विवरण र आगामी दुई वर्षको ठोस कार्ययोजना अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । प्राप्त आवेदनमध्ये आवेदकको अन्तर्राष्ट्रिय अनुभव, सम्बन्धित देशका संस्थासँगको पूर्वसम्पर्क र सहकार्य विस्तार गर्न सक्ने क्षमताका आधारमा छनोट गरिने विश्वविद्यालयले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।