Khaptad Organic Nepal

काठमाडौँ । भन्सार विभागले मातहतका विभिन्न कार्यालयमा कार्यरत २७२ जना कर्मचारीको सरुवा गर्ने गरी यसअघि गरेको निर्णय अर्थमन्त्रीको ठाडो हस्तक्षेपपछि खारेज भएको छ ।

विभागले गत कात्तिक २० गते ६९ जना शाखा अधिकृत र २०३ जना नायब सुब्बा (नासु) को सरुवा गरेको थियो ।

सरुवा प्रक्रियामा पारदर्शिता नअपनाइएको र अन्यायपूर्ण ढंगले निर्णय भएको भन्दै अर्थ मन्त्रालयमा गुनासो तथा उजुरी परेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार उक्त निर्णय तत्काल बदर गर्न निर्देशन दिएका हुन् । मन्त्री वाग्लेको निर्देशन लगत्तै निमित्त अर्थसचिव डा. सुमन दाहालले भन्सार विभागलाई लिखित पत्राचार गरेपछि सरुवा रद्द गर्ने प्रक्रिया कार्यान्वयनमा आएको हो ।

अर्थ मन्त्रालयका अनुसार अब परम्परागत शैलीको साटो प्रविधिमैत्री प्रणालीको विकास गरी स्पष्ट मापदण्डका आधारमा मात्र कर्मचारीको नयाँ सरुवा प्रक्रिया अघि बढाइनेछ । साथै, विवादास्पद र अपारदर्शी ढंगले सरुवा गरिएको विषयमा सत्यतथ्य पत्ता लगाउन मन्त्री वाग्लेको निर्देशनमा मन्त्रालयले आन्तरिक छानबिन समेत सुरु गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।