Khaptad Organic Nepal

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।

उक्त अवसरमा दुई देशबीचको दीर्घकालीन सम्बन्ध, बहुआयामिक सहकार्य र विशेष गरी स्वास्थ्य क्षेत्रमा पुर्‍याउन सकिने थप सहयोगका विषयमा गम्भीर छलफल भएको छ ।

भेटका क्रममा मन्त्री मेहताले भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जापान सरकारले पुर्‍याएको तत्कालीन राहत, आवश्यक प्राविधिक उपकरण र प्रविधिसम्बन्धी सहायताप्रति आभार व्यक्त गर्नुभयो । साथै उहाँले वीर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल एवं कान्ति बाल अस्पताल जस्ता मुलुकका प्रमुख स्वास्थ्य संस्थाहरूमा जापानले गर्दै आएको निरन्तर सहयोगको उच्च प्रशंसा गर्नुभयो ।

जवाफमा राजदूत माएदा तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकतालाई ध्यानमा राखेर जापान सहयोग विस्तार गर्न सधैँ तयार रहेको बताउनुभयो । उहाँले आगामी दिनहरूमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यलाई अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता समेत जनाउनुभयो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।