Khaptad Organic Nepal

काठमाडौँ । लैङ्गिक हिंसाविरुद्ध सचेतना फैलाउने उद्देश्यका साथ आज नोभेम्बर २५ तारिखका दिन देशभर विभिन्न कार्यक्रम गरी ‘अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस’ मनाइँदैछ ।

यस वर्षको दिवसका लागि ‘महिला तथा बालिकामाथि हुने हिंसा अन्त्य गर्न एकजुट बनौँ : न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने मूल नारा तय गरिएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९९ मा नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउने निर्णय गरेदेखि हरेक वर्ष यो दिवस विश्वभर मनाउन थालिएको हो । नेपालमा भने विसं २०५४ सालदेखि लैङ्गिक हिंसाविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रमसहित यो अभियान सुरु गरिएको थियो । यसअन्तर्गत नेपालमा हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ सञ्चालन गर्ने गरिन्छ ।

समाजमा महिलामाथि हुने शारीरिक, मानसिक, आर्थिक तथा राजनीतिकलगायतका हिंसाका विभिन्न रूपहरू अझै कायमै छन् । अधिकारकर्मीहरूले हरेक वर्ष भव्य कार्यक्रमको आयोजना गरे पनि र सरकारले विविध प्रतिबद्धता जनाए पनि महिला हिंसाको वास्तविक अवस्थामा अपेक्षाकृत सुधार आउन सकेको छैन । महिलाहरू अझै पनि आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक विभेदको सामना गर्न बाध्य छन् भने शारीरिक र यौनिक हिंसाको शिकार भइरहेका छन् ।

मानव सभ्यता ढुङ्गे युगबाट २१औँ शताब्दीको आधुनिक चरणमा प्रवेश गरिसक्दा पनि कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगट्ने महिलामाथिको विभेद र हिंसामा कमी आउन सकेको छैन । पितृसत्तात्मक सामाजिक संरचनाका कारण व्यवहारमा महिला र पुरुषबीच समानता कायम हुन नसक्दा महिलाहरू हिंसाको दुष्चक्रमा फस्दै गएका छन् । महिलालाई शारीरिक, मानसिक तथा मनोवैज्ञानिक रूपमा कमजोर ठान्ने परम्परागत सोचका कारण समाजमा अझै पनि लैङ्गिक विभेद कायम रहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।