काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) का आठ वटै फ्रेन्चाइज टोलीका प्रतिनिधिहरूसँग शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सिंहदरबारस्थित मन्त्रालयमा संवाद सुरु गरेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कासमेत सम्मिलित उक्त बैठकमा लिगका सबै आठ फ्रेन्चाइज टोलीका प्रतिनिधिहरू उपस्थित रहेका छन् । मन्त्रालयमा अहिले विभिन्न विषयमा केन्द्रित रहेर छलफल चलिरहेको छ ।
यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले एनपिएलको छैटौँ संस्करणदेखि प्रतियोगितालाई ‘होम एण्ड अवे’ प्रणालीमा सञ्चालन गरिने घोषणा गरेका थिए । सोही घोषणाअनुसार सहभागी सबै टोलीका लागि फ्लडलाइट जडान गरिएको आफ्नै घरेलु मैदान निर्माण गर्ने योजनासमेत अघि सारिएको छ ।

