Khaptad Organic Nepal

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोर्खाजमाथि सात रनको रोमाञ्चक जित निकाल्दै सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश गरेको छ ।

यस जितसँगै सुदूरपश्चिम एनपीएलको इतिहासमा लगातार प्लेअफमा स्थान बनाउने एक्लो टोली बनेको छ ।

लिग चरणका सात खेलमध्ये पाँचमा जित र दुईमा हार बेहोरेको सुदूरपश्चिम १० अङ्कसहित तालिकाको शीर्षस्थानमा रहँदै अघिल्लो चरणमा पुगेको हो । अर्कोतर्फ, सुदूरपश्चिमसँग पराजित भएसँगै काठमाडौँले प्लेअफ समीकरण पूरा गर्न लिगको अन्तिम खेल कुर्नुपर्ने भएको छ । छ खेलबाट चार जित र दुई हारसहित आठ अङ्क जोडेको काठमाडौँ तालिकाको तेस्रो स्थानमा छ र उसले अब पोखरा एभेन्जर्सको सामना गर्नेछ ।

जितका लागि १२६ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११८ रन मात्र जोड्न सक्यो । काठमाडौँलाई अन्तिम ओभरमा जितका लागि १६ रनको आवश्यकता रहे पनि आठ रन मात्र जोड्न सकेपछि हार बेहोर्नुपरेको हो । काठमाडौँका ब्याटर रासिद खानले सर्वाधिक ३५ रन बनाए भने दुसान हेमान्थाले २१ रनको योगदान दिँदै रनआउट हुन पुगे ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।