काठमाडौँ । छठ पर्वको समापनका अवसरमा सरकारले आगामी सोमबार (कात्तिक ३० गते) देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले एक औपचारिक सूचना जारी गर्दै छठको भोलिपल्ट बिदा दिइएको जानकारी गराएको हो ।
छठ पर्वको मुख्य विधिअनुसार अघिल्लो दिन अस्ताउँदो सूर्यलाई र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र व्रत समापन गर्ने धार्मिक परम्परा रहेको छ ।
सोही परम्परा र व्रतालुहरूको सुविधालाई मध्यनजर गर्दै बिदाको निर्णय लिइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

