Khaptad Organic Nepal

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) लाई १२ करोड रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी पुर्‍याएको अभियोगमा विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नविन किशोर शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले उनलाई शुक्रबार ललितपुरको भैसेपाटी क्षेत्रबाट पक्राउ गरेको हो । सर्लाहीको रामनगर गाउँपालिका–३ स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका–५ भैसेपाटीमा बसोबास गर्दै आएका शर्मालाई आपराधिक विश्वासघात तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा समातिएको ब्युरोले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा शर्माले संस्थागत हितविपरीत कार्य गरी डीडीसीलाई कुल १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको हानी नोक्सानी पुर्‍याएको देखिएको छ । उक्त आर्थिक अनियमिततामा अन्य व्यक्तिहरूको समेत मिलेमतो रहेको पाइएपछि प्रहरीले सङ्गठित अपराधको कसुरमा समेत राखेर विस्तृत अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।