Khaptad Organic Nepal

दाङ । दाङमा पछिल्लो समय व्यावसायिक सयपत्री फूलखेतीतर्फ किसानहरूको आकर्षण उल्लेख्य रूपमा बढेको छ । तिहार तथा शुभ दीपावलीजस्ता सांस्कृतिक पर्वहरूलाई लक्षित गर्दै यहाँका स्थानीय किसान, कलाकार तथा कृषि सहकारीहरू व्यावसायिक रूपमै फूल उत्पादनमा जुटेका हुन् ।

कलाकारिता क्षेत्रमा परिचित तुलसीपुरका प्रेम विवश घर्तीले तुलसीपुर उपमहानगरपालिका-१७ स्थित जिनुवागाउँमा चार जना साथीहरूसँगको साझेदारीमा सामूहिक रूपमा सयपत्रीखेती सुरु गरेका छन् । सङ्गीत पेसाका साथै कृषि क्षेत्रमा पनि सक्रिय हुने उद्देश्यले ‘सुगन्धित कृषि समूह’मार्फत पाँच कट्ठा क्षेत्रफलमा करिब दुई हजार ४०० ‘कर्म ५५५’ जातका सयपत्रीका बिरुवा रोपिएको छ । मल्चिङ प्रविधि प्रयोग गरी गरिएको यस खेतीमा करिब एक लाख रुपैयाँ लगानी भएको र १० क्विन्टलसम्म फूल उत्पादन हुने अपेक्षा गरिएको समूहका संयोजक सुमन गिरीले जानकारी दिए । तिहारअगावै ठूलो परिमाणमा अग्रिम अर्डर आइसकेकाले स्थानीय उत्पादनलाई स्थानीयस्तरमै खपत गराउने लक्ष्य राखिएको छ ।

त्यस्तै, तुलसीपुर-१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाले पनि वनकट्टामा एक बिघा जग्गा पाँच वर्षका लागि भाडामा लिएर व्यावसायिक फूलखेती सुरु गरेको छ । कार्यसमिति सदस्य तथा कर्मचारीहरू आफैँ खेतमा खटिएर खेतीको स्याहार गरिरहेका छन् । सुरुमा तीन लाख रुपैयाँभन्दा बढी खर्च गरेर सुरु गरिएको यस खेतीबाट १२ देखि १६ लाख रुपैयाँसम्म आम्दानी गर्ने लक्ष्य राखिएको सहकारीकी अध्यक्ष चित्रा धितालले बताइन् । सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिएकाले बजारमा फूलको माग उच्च रहेको छ ।

यसैगरी तुलसीपुर-१५ पहरुवास्थित ‘ग्रिनसिटी बहुउद्देश्यीय कृषि, मत्स्य तथा पशुपन्छी फार्म’ले पनि थोक तथा खुद्रा बिक्रीका लागि ताजा पहेँलो र सुन्तले रङका सयपत्री फूल उत्पादन गरी बिक्री सुरु गरेको छ ।

दाङमा साना-ठूला फार्म तथा सहकारीमार्फत भइरहेको यो प्रयासले जिल्लालाई फूल उत्पादनमा आत्मनिर्भर बनाउन ठूलो योगदान पुर्‍याएको फार्मका सञ्चालक आशिष बिसीले बताए ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।