Khaptad Organic Nepal

काठमाडौँ । नेपालमा विभिन्न उमेर समूहका नागरिकको पोषण अवस्था तथा सूक्ष्म पोषक तत्त्वको स्थिति थाहा पाउन ‘नेपाल सूक्ष्म पोषक तत्त्व सर्वेक्षण २०२६’ सुरु हुने भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले करिब एक दशकपछि यो राष्ट्रियस्तरको अध्ययन सञ्चालन गर्न लागेको हो ।

सन् २०२६ को अप्रिलदेखि २०२७ को मार्चसम्म चल्ने यस अध्ययनका लागि देशका सातै प्रदेश तथा हिमाली, पहाडी र तराई क्षेत्रका २८० वटा समूहबाट ८ हजार ४०० घरपरिवारका १२ हजारभन्दा बढी नागरिकलाई समेटिनेछ । सर्वेक्षणमा मुख्यगरी ६ देखि ५९ महिनाका बालबालिका, १० देखि १९ वर्षका किशोरकिशोरी, १५ देखि ४९ वर्षका महिला तथा गर्भवतीहरूलाई समावेश गरी भिटामिन ‘ए’, ‘बी१२’, आइरन, आयोडिन, जिङ्क र फोलेट जस्ता पोषक तत्त्वको अवस्था परीक्षण गरिनेछ ।

यसका साथै रक्तअल्पता, संक्रमण र सरकारी पोषण कार्यक्रमको प्रभावकारिता पनि नापिनेछ । सर्वेक्षण सञ्चालनका लागि २०५ जना प्राविधिक तथा सङ्कलकको टोली खटाइनेछ, जसका लागि आगामी नोभेम्बरमा तालिम सञ्चालन गरिने भएको छ । सन् २०१६ पछि हुन लागेको यस सर्वेक्षणले प्राप्त गर्ने तथ्याङ्कले आगामी दिनमा पोषणसम्बन्धी नयाँ नीति तथा कार्यक्रम तय गर्न महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।