Khaptad Organic Nepal

काठमाडौँ । विश्वका तीन शक्तिशाली राष्ट्रहरू चीन, अमेरिका र रुसका शीर्ष नेताहरू बुधबार राति चीनको सेन्जेन सहरमा पहिलोपटक एकैमञ्चमा भेला भएका छन् ।

चिनियाँ समयअनुसार बुधबार राति भएको उक्त भेटघाटमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएका हुन् ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले टेलिग्राममार्फत सार्वजनिक गरेको भिडिओ फुटेजमा तीनै जना नेताहरू रातो कार्पेटमा सँगै उभिएको देख्न सकिन्छ । सोही दृश्यमा चिनियाँ राष्ट्रपति सीकी धर्मपत्नीको समेत उपस्थिति रहेको क्रेमलिनको भिडिओमा देखिएको छ । सन् २०२५ को अगस्ट महिनामा अमेरिकाको अलास्कामा आयोजित रुस–अमेरिका शिखर सम्मेलनयता राष्ट्रपति ट्रम्प र राष्ट्रपति पुटिनबिच भएको यो नै पहिलो प्रत्यक्ष भेटवार्ता हो ।

यस भेटघाटलाई लिएर रुसी सञ्चारमाध्यमहरूले विशेष महत्त्वका साथ समाचार प्रकाशन तथा प्रसारण गरिरहेका छन् । रुसका विभिन्न सञ्चारमाध्यमले तीन महाशक्ति राष्ट्रका प्रमुखहरूको यो जमघटलाई दिनकै सबैभन्दा महत्त्वपूर्ण तस्बिरका रूपमा चित्रण गरेका छन् भने त्यहाँको एक सरकारी समाचार एजेन्सीले उक्त क्षणलाई ‘ऐतिहासिक हस्त मिलन’ को संज्ञा दिएको छ ।

यसैगरी, रुसमा कार्यरत बीबीसीकी पत्रकार लिसा फोख्तले यो दृश्य क्रेमलिनले विश्व समुदायसामु प्रस्तुत गर्न चाहेको एक रणनीतिक तस्बिर भएको उल्लेख गरेकी छिन् ।

औपचारिक भेटघाटको यो प्रारम्भिक दृश्यपछि अब बिहीबार राष्ट्रपति सी, ट्रम्प र पुटिनबिच पहिलोपटक औपचारिक त्रिपक्षीय बैठक बस्ने कार्यक्रम तय भएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।