Khaptad Organic Nepal

काठमाडौँ । नेपाली नागरिकको लामो सङ्घर्ष र बलिदानको जगमा मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै आज देशभर १९औँ गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ ।

जननिर्वाचित पहिलो संविधानसभाको बैठकले २०६५ जेठ १५ गते २४० वर्ष लामो निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो ।

जनआन्दोलनका क्रममा लाखौँ नागरिक सडकमा उत्रिएपछि तत्कालीन राजा ज्ञानेन्द्रले २०६३ वैशाख ११ गते संसद् पुनःस्थापनाको घोषणा गरेका थिए, जसलाई लोकतन्त्र दिवसका रूपमा मनाउने गरिन्छ र यही दिन नै गणतन्त्रको बलियो जग बनेको थियो । सोही वर्ष जेठ ४ गते पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्ने ऐतिहासिक घोषणा गर्‍यो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभाको निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको हुनाले उक्त घोषणालाई नेपाली ‘म्याग्नाकार्टा’ समेत भनिन्छ ।

यसै राजनीतिक घटनाक्रमको निरन्तरता स्वरूप विसं २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन सम्पन्न भएको थियो । पहिलो संविधानसभाले नयाँ संविधान जारी गर्न नसके पनि गणतन्त्र कार्यान्वयनको महत्त्वपूर्ण खाका तयार पारेको थियो । तत्पश्चात विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’ जारी गर्‍यो ।

नयाँ संविधान जारी भएसँगै मुलुकमा तीनै तहको निर्वाचन सम्पन्न भई नागरिक आन्दोलनको जगमा बनेको शासन व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आएको छ । वर्तमान समयमा सोही व्यवस्था अनुरूप सङ्घीय, प्रादेशिक र स्थानीय सरकारहरूले शासन सञ्चालन गरिरहेका छन् । आज गणतन्त्र दिवसको सुखद अवसरमा सैनिक मञ्च टुँडिखेलमा राज्यका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा विशेष समारोहको आयोजना गरिँदैछ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।