Khaptad Organic Nepal

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र देशको पूर्वी क्षेत्र नजिक बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव देखिएको छ ।

यसका कारण देशैभरिका हिमाली तथा पहाडी भेगमा पूर्ण रूपमा आकाश बादलले ढाकेको छ भने तराईका क्षेत्रमा समेत आंशिक रूपमा मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशका धेरै ठाउँहरू र बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा यतिबेला मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभरको आकाश बादलले घेरिने सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूका साथै कोशी, बागमती र मधेश प्रदेशका तराई क्षेत्रका केही भू-भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । यसका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भेगका थोरै स्थानहरूमा ठुलो हावाहुरी चल्ने आकलन गरिएको छ ।

त्यसैगरी आज राति पनि देशका विभिन्न स्थानमा मौसममा बदली आउने छ । सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । रातिको समयमा देशका तराई र पहाडी भू-भागका धेरैजसो स्थानहरूमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।