Khaptad Organic Nepal

वीरगञ्ज । मधेश क्षेत्रमा पछिल्लो समय बढेको खडेरी र तातो हावा (लू) का कारण बालबालिकाको स्वास्थ्यमा जोखिम बढेपछि स्थानीय सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

वीरगञ्ज महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सरकारी तथा निजी विद्यालयहरूमा चार दिनका लागि बिदा दिने घोषणा गरेको हो ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अनुसार बढ्दो तापक्रम र चर्को गर्मीले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई ध्यानमा राखी यो कदम चालिएको हो । आगामी असार ११ गतेदेखि लागू हुने गरी बाल विकास केन्द्रदेखि कक्षा १२ सम्मका सबै विद्यालयहरू बन्द रहनेछन् ।

यो बिदा विद्यालयहरूले पाउने वार्षिक वर्षे बिदाबाट कट्टा हुने गरी समायोजन गरिएको महानगरले जनाएको छ । तराई-मधेशका रैथाने जिल्लाहरूमा केही दिनयता लगातार तापक्रम वृद्धि हुँदा सर्वसाधारणको दैनिक जीवनयापन समेत कष्टकर बन्दै गएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।