Khaptad Organic Nepal

काठमाडौँ । निजामती कर्मचारी अस्पतालको फार्मेसी शाखामा भएको करोडौँको औषधि घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ ।

अस्पतालमा सामान नै नआई नक्कली बिल बनाएको र म्याद सकिएका औषधिको हरहिसाब नराखेर सरकारी रकम हिनामिना गरेको पुष्टि भएपछि अख्तियारले यो कदम चालेको हो । आपूर्तिकर्ता कम्पनीसँगको मिलेमतोमा सफ्टवेयरमा गलत विवरण प्रविष्टि गर्ने तथा धरौटी रकमसमेत नियमविपरीत फिर्ता दिएर राज्यलाई ठूलो नोक्सानी पुर्‍याएको अनुसन्धानले देखाएको छ ।

अख्तियारका अनुसार हरेक आर्थिक वर्षको अन्त्यमा गर्नुपर्ने मौज्दात परीक्षण नगरी फार्मेसीको स्टोरमा म्याद नाघेका औषधि थुपारेर राखिएको थियो । यसरी सरकारी सम्पत्ति हिनामिना गरेको अभियोगमा फार्मेसी इन्चार्ज दिनेश पन्तसहित दीपा ढुङ्गाना, लवेन्द्र कुँवर, दीपक सापकोटा, विनोद पोखरेल, केशवराज न्यौपाने, शर्मिला श्रेष्ठ र सन्दीप तिवारीविरुद्ध २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बिगो दाबी गर्दै बुधबार आरोपपत्र दर्ता गरिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।