काठमाडौँ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको ज्यान गएको छ ।
वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला उनको निधन भएको हो ।
हाल भक्तपुर बस्दै आएका मुगुको सोरू गाउँपालिका-२ का २५ वर्षीय नेपालीले बिहीबार दिउँसो विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए ।
मोटरसाइकल पार्किङ गर्ने विषयमा काठमाडौँ महानगरपालिकाका नगर प्रहरीसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो सल्काएका थिए । गम्भीर घाइते भएका नेपालीलाई तत्कालै उद्धार गरी अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनलाई बचाउन सकेनन् ।

