Khaptad Organic Nepal

काठमाडौँ । नेपाली वाङ्मयका शिखर पुरुष आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्तीका अवसरमा आज स्वदेश तथा विदेशमा विविध साहित्यिक कार्यक्रमहरू भइरहेका छन् ।

संस्कृत भाषामा सीमित रामायणलाई सर्वसाधारणले बुझ्ने गरी सरल नेपाली भाषामा भावानुवाद गरेर उनले नेपाली साहित्य र समाजलाई समृद्ध बनाएका हुन् । लयबद्ध रूपमा वाचन गरिने उनको रामायण आज पनि नेपाली जनमानसमा निकै लोकप्रिय छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एक ठाउँमा ल्याएको नेपाललाई भानुभक्तले भाषा र संस्कृतिमार्फत भावनात्मक रूपमा जोड्ने काम गरेको इतिहासविदहरू बताउँछन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मेका उनलाई एक सर्वसाधारण घाँसीले दिएको प्रेरणादायी अर्तीले नै रामायण रचना गर्ने ऊर्जा मिलेको जनविश्वास छ ।

रामायणबाहेक उनको ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, र ‘रामगीता’ जस्ता प्रसिद्ध कृतिहरू नेपाली साहित्यका अमूल्य सम्पत्ति हुन् । नेपाली राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना र भाषिक एकता निर्माणमा उनको योगदान अतुलनीय मानिन्छ ।

जयन्तीका अवसरमा आज बिहानै प्रभातफेरी निकाल्नुका साथै भानुभक्तको प्रतिमामा माल्यार्पण गरिएको छ । विशेष गरी नेपाल प्रज्ञा प्रतिष्ठान, भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद्लगायतका संस्थाहरूले विशेष स्मृति कार्यक्रम आयोजना गरेका छन् । नेपालीहरूको बसोबास रहेका भारतको दार्जिलिङ, सिक्किम, भुटान र म्यानमार (बर्मा) लगायतका क्षेत्रमा पनि आजकै दिन भानु जयन्ती हर्सोल्लासका साथ मनाइँदैछ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।