Khaptad Organic Nepal

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीको उपस्थिति कमजोर रहेका जिल्लाहरूमा संगठन विस्तार र समन्वयलाई तीव्र पार्न आफ्ना सांसदहरूलाई अतिरिक्त जिल्लाको जिम्मेवारी सुम्पेको छ ।

संसदीय दलको बुधबार सम्पन्न बैठकले हरेक सांसदलाई आफ्नो निर्वाचन क्षेत्र वा जिल्लाका अलावा कम्तीमा एक वा सोभन्दा बढी जिल्ला हेर्ने गरी विशेष कार्यदेशसहित कार्यविभाजन गरेको जानकारी प्रमुख सचेतक बासना थापाले दिएकी छन् ।

यस निर्णयअनुसार सांसद नरेन्द्रकुमार केरुङलाई उदयपुर र गोरखा, गीताकुमारी सेन्दाङलाई ओखलढुङ्गा, निश्कल राईलाई स्याङ्जा, सन्तोष सुब्बालाई धनकुटा, प्रकाशसिंह कार्कीलाई सङ्खुवासभा, गीता गुरुङलाई खोटाङ, डा. प्रमिलाकुमारी गच्छदारलाई सुनसरी, रुक्मिणीदेवी कोइरालालाई भोजपुर, मनमाया विश्वकर्मालाई नवलपरासी तथा सुशीला ढकाल आचार्यलाई ललितपुरको जिम्मा दिइएको छ ।

त्यसैगरी, रीना उप्रेतीलाई दोलखा, फिरदोस आलमलाई बारा, डा. शाहजान खातुनलाई सर्लाही, डा. चन्द्रमोहन यादवलाई सिराहा, नीनुकुमारी कर्णलाई सप्तरी, रेखाकुमारी यादवलाई पर्सा, मोहन आचार्यलाई काठमाडौँ, मदनकृष्ण श्रेष्ठलाई रामेछाप, डा. गंगालक्ष्मी अवाललाई काभ्रेपलाञ्चोक र पवित्रा विकलाई सिन्धुलीको जिम्मेवारी सुम्पिएको छ ।

काँग्रेसले अर्जुननरसिंह केसीलाई सिन्धुपाल्चोक तथा सीता थपलियालाई चितवन र नवलपुरको कार्यभार दिएको छ । सांसद योगेश गौचन थकालीले लमजुङ र कास्की, टेकबहादुर गुरुङले लमजुङ र तनहुँ तथा रेनुका काउचाले पर्वत र प्यूठानको भूमिका पाएका छन् । त्यस्तै, सांसद अभिषेकप्रताप शाहलाई रूपन्देही र बाँके तथा सन्दीप रानालाई अर्घाखाँची र गुल्मी परिचालन गरिएको छ ।

दुर्गम तथा अन्य जिल्लाहरूका लागि सांसद खड्ग शाहीलाई जुम्ला, जयपति रोकायलाई डोल्पा, खडकबहादुर बुढालाई सल्यान र रुकुमपश्चिमको जिम्मेवारी तोकिएको छ । प्रमुख सचेतक बासना थापा आफैँले दाङ र बर्दियाको जिम्मेवारी सम्हाल्नेछिन् भने विष्णुबहादुर खड्कालाई रोल्पा तथा कालीबहादुर सहकारीलाई रुकुमपूर्व खटाइएको छ । यसैगरी, सुदूरपश्चिम क्षेत्रतर्फ सांसद भरतबहादुर खड्कालाई कञ्चनपुर, जनकराज गिरीलाई बझाङ र दार्चुला, भरतकुमार स्वाँरलाई कैलाली तथा हरिनादेवी कामीलाई बैतडीको जिम्मेवारी सुम्पिएको जानकारी प्रमुख सचेतक थापाले गराइन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।