Khaptad Organic Nepal

डडेल्धुरा । सुदूरपश्चिमको भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ज १८५० नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ४०० मिटर तल खसेको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीया हनु लोथ्यालको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनीहरूलाई उद्धार गरी डडेल्धुरा अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी घाइते भएका दार्चुलाकै मार्मा गाउँपालिका–३ का ५० वर्षीय अम्मर सिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका–१ की ३५ वर्षीया सरस्वती लोथ्यालको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

सरस्वतीको टाउको, छाती र खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । जिप चालक बैतडीको डिलासैनी गाउँपालिका–२ का २० वर्षीय अमृत घरेडी भने सामान्य घाइते छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।