Khaptad Organic Nepal

काठमाडौँ । नयाँ करका दर समायोजन र प्रणाली सुधारका लागि यातायात व्यवस्था विभागले सेवाग्राहीलाई साउन ८ गतेसम्म कार्यालय नआउन अनुरोध गरेको छ ।

विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यक परेको अवस्थामा बाहेक अन्य सेवा लिनका लागि केही दिन पर्खन आग्रह गरेको हो । यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न प्रविधि तथा प्रणालीहरूलाई थप सेवाग्राहीमैत्री र व्यवस्थित बनाउन अहिले डेटा स्थानान्तरणको काम भइरहेको विभागले जनाएको छ । यसका साथै प्रदेश सरकारहरूले निर्धारण गरेका नयाँ करका दररेटहरूलाई पनि प्रणालीमा प्रविष्टि र मिलान गर्ने कार्य जारी छ ।

सूचना अनुसार यी सम्पूर्ण प्राविधिक कार्यहरू पूर्ण रूपमा सम्पन्न भई कार्यान्वयनमा आउन करिब एक साताको समय लाग्नेछ । त्यसैले साउन ८ गतेपछि मात्र सम्बन्धित यातायात कार्यालयहरूमा सम्पर्क गरी सेवा लिन विभागले नागरिकलाई आग्रह गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।