Khaptad Organic Nepal

काठमाडौँ । सरकारी स्वामित्वमा सञ्चालित नेपाल औषधि लिमिटेडको सेवा प्रवाह र उत्पादन क्षमता वृद्धि गर्न सरकारले पहल थालेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले बबरमहलस्थित लिमिटेडको कार्यालयमै पुगेर त्यहाँको वस्तुस्थिति, उत्पादन क्षमता र भोगिरहेका समस्याबारे प्रत्यक्ष जानकारी लिनुभएको हो । मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीसहित उच्च अधिकारीहरू सहभागी अनुगमनका क्रममा लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले हाल २५ प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको तर ढुवानीका साधन नहुँदा वितरणमा समस्या परेको बताउनुभयो । विगतको आन्दोलनका क्रममा ढुवानीका साधन जलेपछि नयाँ व्यवस्था हुन नसकेको विषय थाहा पाएलगत्तै मन्त्री यादवले सचिवलाई तत्काल सवारीसाधनको प्रबन्ध मिलाउन निर्देशन दिनुभयो ।

वर्षौंदेखि घाटामा रहेको यो संस्थान यस आर्थिक वर्षमा करिब दुई करोड रुपैयाँ नाफामा जान सफल भएको जानकारी पाउँदा मन्त्री यादवले खुसी व्यक्त गर्नुभयो ।

सरकारी उद्योगहरू आफ्नै आम्दानीबाट कर्मचारी व्यवस्थापन र सञ्चालन खर्च धान्न सक्ने गरी आत्मनिर्भर बन्नुपर्ने उहाँको भनाइ थियो । उहाँले उत्पादन वृद्धि, सेवा विस्तार र संस्थागत सुदृढीकरणमा ध्यान दिन आग्रह गर्नुभयो । यस्तै, जनशक्ति अभावका कारण औषधि उत्पादन प्रभावित भएको विषयमा मन्त्रालयबाट आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।