Khaptad Organic Nepal

काठमाडौँ । अवैध सट्टेबाजी र वित्तीय ठगी नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आक्रामक कदम चालेको छ ।

फिफा विश्वकप सुरु भएयता प्राधिकरणले गेम्ब्लिङ तथा अवैधानिक वित्तीय कारोबार सञ्चालन भइरहेका दुई लाख २३ हजार ५६८ भन्दा बढी वेबसाइट र मोबाइल एपमाथि प्रतिबन्ध लगाएको छ । विश्वकपका बेला अनलाइन बेटिङको जोखिम उच्च हुने भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन र चासोपछि प्राधिकरणले विशेष कार्यदल नै बनाएर यो कारबाही थालेको हो ।

प्राधिकरणका सहायक निर्देशक एवं इन्जिनियर ओमप्रकाश महतोका अनुसार कार्यदलले इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्रतिनिधिहरूसँग प्रत्यक्ष सहकार्य गरी चौबीसै घण्टा यस्ता यूआरएलहरू ब्लक गर्ने काम गरिरहेको छ । एउटा वेबसाइट बन्द गर्दा अर्को नयाँ खडा हुने चुनौतीलाई सम्बोधन गर्न प्राविधिक टोलीले ‘थ्रेड इन्टेलिजेन्स टुल’ मार्फत नयाँ साइटहरूको पहिचान र ब्लकिङ निरन्तर गरिरहेको छ । सर्वसाधारणले पनि यस्ता गैरकानुनी साइटहरूबारे जानकारी पाइएमा github.com/NTA-OPM मा गएर रिपोर्ट गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।