Khaptad Organic Nepal

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना संघीय सांसदहरूका लागि स्वकीय सचिव नियुक्ति तथा व्यवस्थापनसम्बन्धी आन्तरिक मार्गदर्शन जारी गरेको छ ।

राज्यकोषबाट प्राप्त हुने सुविधाको उच्चतम सदुपयोग गर्दै नियुक्ति प्रक्रियालाई पारदर्शी, मितव्ययी र जनउत्तरदायी बनाउने उद्देश्यले पार्टीले नयाँ मापदण्ड तोकेको हो ।

मन्त्रिपरिषद्ले हालै गरेको निर्णयअनुसार सांसदहरूले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । सोही व्यवस्थालाई टेकेर रास्वपाले जारी गरेको निर्देशनमा नातावाद र परिवारवादलाई पूर्ण रूपमा निषेध गरिएको छ । अब रास्वपा सांसदहरूले एकाघरका सदस्य वा नजिकका नातेदारलाई स्वकीय सचिव नियुक्त गर्न पाउने छैनन् ।

स्वकीय सचिवका लागि स्नातक तह वा सोसरह उत्तीर्ण हुनुपर्नेछ भने प्रविधिमैत्री, अनुसन्धान कौशल र पार्टीका मूल्य-मान्यताप्रति प्रतिबद्ध व्यक्तिलाई प्राथमिकता दिइनेछ । साथै, योग्यता पुगेका उम्मेदवारहरूमध्ये महिला, सीमान्तकृत र पछाडि पारिएका वर्गलाई प्रोत्साहन गर्न भनिएको छ ।

नियुक्ति प्रक्रियालाई खुला प्रतिस्पर्धात्मक बनाउन संसदीय दलले एउटा साझा विज्ञापन ढाँचा तयार गर्ने र सांसदहरूले सोही आधारमा दरखास्त आह्वान गर्नुपर्ने व्यवस्था गरिएको छ । छनोट भएका उम्मेदवारलाई नियुक्त गर्नुअघि रास्वपा संसदीय दलबाट अनिवार्य अन्तिम स्वीकृति लिनुपर्नेछ ।

स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि रकम कट्टा गर्न वा असुल्न नपाइने र रकम सिधै बैंक खातामा जम्मा हुनुपर्नेछ । निर्देशिका उल्लङ्घन गरेमा वा फर्जी सचिव खडा गरी सुविधा लिएको पाइएमा केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने चेतावनी पार्टीले दिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।