काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज अपराह्न १:१५ बजेदेखि सुरु हुँदैछ ।
बैठकको कार्यसूचीबारे जानकारी दिँदै संघीय संसद सचिवालयले गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले आ-आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने बताएको छ ।
यस्तै, बैठकमा मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन सांसद कमला पन्तले प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
त्यसैगरी कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

